अनिल शाहको घोषणा : अब राजसंस्था फर्किँदैन (भिडियोसहित)


काठमाडौं, २३ बैशाख । चर्चित बैंकर अनिल केशरी शाहले नेपालमा अब राजसंस्था कुनैपनि हालतमा नफर्किने दाबी गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

शाहले कुनै पनि क्षेत्रमा योग्य नेतृत्व नभएकाले नेपालको विकास हुन नसकेको बताएका छन् । नेपालमा नेतृत्वको अभावका कारण विकास हुन नसकेको शाहले बताए । नविल बैँकका प्रमुख कार्यकारी अधिकृत शाहले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली भिजन भएको नेताको रुपमा चित्रित गरे । ओलीले दिएका हरेक सपना जायज र सम्भव भएको शाहको तर्क छ ।