काठमाडौं, २३ बैशाख । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता घोषणा भएको छ।
प्रज्ञा प्रतिष्ठानमा एकताको कार्यक्रम सुरु भएको हो। यस अघि दुई दलका नेताबीच पार्टीको नाममा समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको थियो। पार्टीको संघीय परिषदको नेतृत्व भट्टराईले र केन्द्रीय समितिको नेतृत्व यादवले गर्ने छन्।
एकता घोषणाको लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम भइरहेको छ। प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् भने नयाँ शक्तिका एक सांसद छन्। जनयुद्धबाट उदाएका नेता बाबुरामा भट्टराई पछिल्लो पटक वैकल्पिक राजनीति गर्ने भन्दै माओवादीबाट अलग्गीएर नयाँ पार्टी खोलेका थिए। यादव मधेस आन्दोलनबाट उदाएका नेता हुन्।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया