मालपोतका कर्मचारी ३५ हजार घुससहित पक्राउ


काठमाडौ । मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कर्मचारी र जग्गा कारोबारी घुस रकमसहित पक्राउ परेका छन् । कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. घुस रकम सहित ३ भदौमा कार्याल परिसरबाट पक्राउ परेका हुन् ।

उनीहरुले बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने व्यक्तिहरुसँग जग्गा रोक्का राख्न सहज गरिदिने प्रलोभन देखाई घुस माग गर्ने गरेको गोप्य सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले पैतिस हजार घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

Skip This

Omoda E5 Pro