शिक्षक विरुद्ध मुद्धा दायर


दाङ्ग । घुस रकम सहित पक्राउ परेका श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी माथि मुद्धा दायर गरिएको छ । दस हजार घुस रकम सहित पक्राउ परेका छन् शिक्षक माथि विशेष अदालत काठमाडौमा १० भदौमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

के.सी.ले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उतीर्ण गराइदिन सहजीकरण गरिदिने बहानामा परीक्षार्थीहरूसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई रू. दस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा के.सी.ले परीक्षार्थीलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा पास गराइदिने भनी दस हजार घुस रकम लिएको तथ्य पुष्टि भएको हुँदा विगो  दस हजार कायम गरी सजाय हुन मागदावी लिइ विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।

Skip This

Omoda E5 Pro