तिजमा कहाँ कहाँ सवारी साधन लान पाईने/नपाईने


काठमाडौ । महिलाहरुको महान चाड हरितालिका तीजमा पशुति मन्दिरमा लाग्ने मेलाको अवसरलाई मध्यनजर गदै ट्राफिक प्रहरीले तीज पर्वमा चक्रपथमा चल्ने यातायात सेवा व्यवस्थापनको रुट तय गरेको छ । उसले सुचना निकालेर रुट तय गरेको हो ।

चावहिलबाट गौशला तर्फ 

पुरानो बानेश्वरबाट गौशला तर्फ
ज्ञानेश्वर मैतीदेवी मोड्बाट रातोपुल हुँदै गौशाला
द्धारीका होटलको उत्तर तर्फको शाखा मार्ग
सिफल चौरबाट जयबागेश्वरी तर्फ
लामापोखरी कुटुबहालबाट मित्रपार्क तर्फ
गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ

तिलगंगाबाट गौशला तर्फ 

मालबाहक सवारी साधनहरु सिनामगंल तिलगंगा तर्फ
जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालबाहक सवारी साधनहरु गौरीघाट तर्फ
सिनामगंल पुलबाट करिडोर मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग
जोरपार्टी बौद्धतर्फबाट आउने मालबाहक सवारी साधन चुच्चेपार्टीबाट चावहिल तर्फ

पार्किङ व्यवस्थापन 

तिलगंगा —दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक ( तिलगंगा आँखा अस्पताल छेउ )
तिलगंगा चोक — स्थानीय दर्शनार्थीका सवारी साधन
सिफलचौर — स्थानीय दर्शनार्थीका सवारी साधन
गुह्ेश्वरी पारी — वागमती करिडोर र जोरपार्टीबाट चावहिल हुँदै आउने सवारी साधन

सवारीमार्ग निर्धारण 

सिफल पार्किङ गर्ने सवारी साधनहरु – सानो गौचरण, कालो पुल हुँदै सिफल चौरसम्म
तिलगा पार्किङ गर्ने सवारी साधनहरु – तिनकुने सिनमगंल हुँदै तिलगंगासम्म

बस तथा माइक्रोबसहरु 

पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार,माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामगंल हुँदै तिलगंगासम्म पुग्ने र सोही मार्ग हुँदै पुरानो बसपार्क फिर्ता हुने ।

पुरानो बसपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक,चाबहिल, जोपार्टी, बौद्ध, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्रशालिक तीनधारा पाठशाला हुँदै पुरानो बसपार्क फिर्ता हुने ।
कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरु खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने ।

माईक्रोबस तथा टेम्पोहरु 

सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चावहिल हुँदै बौद्ध तर्फ चल्ने माईक्रोबस तथा टेम्पोहरु महेन्द्रशालिक, कृष्णपाउरोटी,जयनेपाल, सिहंदोबाटो,नक्साल, भगवतीबहाल,सानोगौचरण,सिफल उकालो, लामपोखरी,चावहिल गणेशस्थान,चावहिल हुँदै जोरपार्टी मार्ग हुँदै चलाउने ।
जोरपार्टी बौद्धबाट सुन्धारा आउने माईक्रोबस तथा टेम्पोहरु चावहिल, नारायणगोपाल चोक,लाजिम्पाट, केशरमहल,जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने ।

मालबाहक सवारी साधनहरु

जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगंज तर्फ जाने मालबाहक सवारी साधनहरु चुच्चेपार्टी,भृकुटीचोक, गोपीकृष्ण हुँदै सुकेधारा, महाराजगंज तर्फ जानुपर्ने ।

कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारा तर्फ जाने मालवाहक सवारी साधनहरु कोटेश्वर, सातदोवाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवहाक सवारी साधनहरु गोपीकृष्ण, कपन, महांकाल,चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने ।

कोटेश्वर, तिनकुने हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु गैरीगाँउमा मेला अवधिभर कुर्नुपर्ने ।

महाराजगंज, चावहिल हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु बसुन्धारामा मेला अवधिभर कुर्नुपर्ने ।

कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालबाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पास वितरण भएका हल्का सवारी साधनहरु 

सिफल तर्फ चल्ने सवारी साधनहरु नक्साल, भगवतीबहाल, सानोगौचरण, कालोपुल हुँदै सिफल आउने र फर्कदा सिफल,चावहिल, गणेशस्थान हुँदै चावहिल निस्कने गरी मार्ग कायम गरिएको ।

अमालकोटमा पार्क गर्न तोकिएको सवारी साधनहरु सिफलचौर, जयबागेश्वरी हुँदै उक्त स्थानमा पार्क गर्ने र फर्कदा जयबागेश्वरी चोक, भण्डारखाल सडक हुँदै सिफलचौर निस्कने गरी मार्ग कायम गरिएको ।

महानगरीय प्रहरी प्रभाग गौशला पार्क गर्ने सवारी साधनहरु तिलगंगा,बत्तीसपुतली हुँदै फर्किने गरी मार्ग कायम गरिएको ।
तिलगंगा आँखा अस्पतालमा पार्क गरिएका सवारी साधनहरु सुचना विभाग तल सिनामंगल भत्केकोपुल तर्फको बाटो हुँदै फर्कने

Skip This

Omoda E5 Pro