डेढ दशकयता तोड्न नसकेको फुटबलको यो किर्तिमान


इरानी खेलाडी अली दाई २० औं शताब्दीको अन्ततिरका महान एशियाली फुटबल खेलाडी हुन्। देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका उनको किर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

अली दाईले इरानका लागि १०९ गोल गरेका छन् । उनले विश्वकपमा समेत गोल गरेका छन् । सन् १९९३ देखि २००६ बीच १३ वर्ष इरानका लागि खेलेर किर्तिमानी गोल गरे । उनले किर्तिमान बनाएको डेढ दशक भइसक्दा पनि कसैले पनि तोड्न सकेको छैन । स्टार स्ट्राइकर दाई हेडमा पोख्त मानिन्थे ।

बुन्डेसलिगा समेत खेलेका उनी च्याम्पियन्स लिग खेल्ने पहिलो एशियाली खेलाडी हुन् । दाईले खेलमा सन्यास लिएर व्यवसाय सम्हालेका छन् । ४९ वर्षीय दाई दाई स्पोर्टर्स चलाएर बसेका छन् ।-एजेन्सी

Skip This

Omoda E5 Pro