काठमाडौंमा रोकिएको आइफा अवार्ड नयाँ दिल्लीमा सम्पन्न भएको छ । यो अवार्डको २० औं संकरण हो । १८ सेप्टेम्बरको राती बलिउडका नाम चलेका कलाकारहरुको सहभागितामा आइफा अर्वाड भव्यताका साथ आयोजना भएको हो । नेपालमा आयोजना हुने चर्चासँगै भएको चर्काे विरोधले गर्दा “आइफा अवार्ड” भारत नै फर्किएको थियो ।
अभिनेत्री आलिया भट्टले फिल्म “राजी” बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् भने फिल्म “राजी” ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । त्यस्तै, फिल्म “पद्यमावत” बाट अभिनेता रणवीर सिंहले उत्कृष्ट नायकको अवार्ड हात पारेका छन् ।
श्रीराम राघवनले फिल्म “अन्धाधुन” बाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । फिल्म “पद्यमावत” बाट नायिका अदिति राव हैदरीले ‘उत्कृष्ट सह–नायिका’को र फिल्म “सन्जु” बाट नायक विक्की कौशलले ‘उत्कृष्ट सह–नायक’ को अवार्ड जितेका छन् ।
अभिनेत्री साराअली खानले ‘केदारनाथ’ फिल्मबाट नव–नायिकाको अवार्ड र इशान खट्टरले फिल्म ‘धडक’ बाट नव–नायकको अवार्ड जिते । उत्कृष्ट कथाको अवार्ड ‘अन्धाधुन’ फिल्मका श्रीराम राघवन, पूजा लोधा श्रुती, अरिजित विश्वास, योगेश चन्देकर र हेमन्त रावले जितेका छन् ।




प्रतिक्रिया