एसिड पीडित मुस्कानलाई अमिताभ बच्चनको सन्देश (भिडियोसहित)


काठमाडौं, १६ असोज । एसिड आक्रमणमा परेर घाइते विरगञ्जकी १४ वर्षीया मुस्कान खातुनलाई बलिउडका अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन्। गत भदौ २० गते विद्यालयबाट घर फर्किने विरगन्जमा दुई जना युवाले खातुनमाथी एसिड प्रहार गरेका थिए।

हाल किर्तिपुर अस्पतालमा उपचाररत खातुनलाई बच्चनले एक भिडियो सन्देश पठाउँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।उक्त भिडियो सन्देशमा बच्चनले मुस्कानमाथी घटेको घटना सुन्दा आफूलाई निकै दुःख लागेको जानकारी गराएका छन् ।

‘मुस्कानलाई हिम्मतवाली सम्बोधन गर्दै उनले घटना थाहा पाएर पश्चात आफुलाई निकै दुःख लागेको पनि बताएका छन् ।
अब उप्रान्त यस्ता घटनाबाट कोहि पनि पीडित हुन नपरोस भन्दै बच्चनले मुस्कानको नामको पनि प्रशंसा गरेका छन ।‘

तपाईंको नाम अति सुन्दर छ। तपाईंको अनुहारमा सधैं मुस्कान छाइरहोस्,’ बच्चनद्वारा जारी सन्देशमा उल्लेख छ । केहि समय पहिले मात्रै अर्काे अभिनेता बरुण धवनले पनि भिडियो सन्देश मार्फत स्वास्थलाभको कामना गरेका थिए ।

फोटो /भिडियो उज्जवल थापाको फेसबुकबाट