कश्मीरमा गयो हिमपहिरोः छजनाको मृत्यु


काठमाडौं, मंसिर ३ । भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा हिमपहिरोमा परेर चारजना भारतीय सिपाही र दुईजना भरियाको मृत्यु भएको छ ।

आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट ५८०० मिटरको उचाइमा गस्ती गर्दै थिए। त्यही बेला उनीहरू हिमपहिरोमा परेका हुन्।

पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलायो, उद्धार गरिएका सबैलाई हेलिकोप्टरबाट नजिकको अस्पताल पुर्‍याइएको थियो। तर, ती सबैको अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण मृत्यु भएको हो। सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्छन्। उक्त क्षेत्रको सार्वभौमिकतालाई लिएर विवाद छ।