कबाडी पेस्तोलले खेलाडीलाई धोका


ललितपुर, मंसिर २१ । निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन्। १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो।

१३औं दक्षिण एसियाली खेलकुद सागमा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिइन्। ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन। बीचबाटै स्पर्धा छाड्नुपर्ने अवस्था आयो।

तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन् तर यति बेलासम्म ढिलो भइसकेको थियो। फाइनल चरण पुग्ने अभिलासाका साथ सुरुबाटै अग्रता लिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रवेशको ढोका बन्द भयो। अनि उनको मनमा पनि सन्नाटा छायो।

खेललाई नै जीवन अर्पण गरेकी श्रेया यसबारेमा बोल्न चाहिनन्। उनी हतियारबाट छोका पाएपछि खेलस्थलमा नै छटपटाइरहिन्। अन्य देशका खेलाडी सुट गरिहेका थिए। उनी गहभरि आँसु पारेर उनीहरुको खेल हेरिरहेकी थिइन्।

वातावरण निकै असहज बनेपछि एक प्रतिनिधिले उनलाई ‘यहाँ विदेशीसामु बेइज्जती नगरौं बरु खेल्न नै छाडौुं भनी सम्झाउँदै त्यहाँबाट अन्यत्र लगे। फाइनल स्पर्धामा पुग्ने सम्भावना हुँदाहुँदै हतियारकै कारण उनले खेल छाड्नुप¥यो । नागरिक दैनिकबाट