काठमाडौं, पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले शून्य लागतमै वैदेशिक रोजगारीमा पठाउने बताएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको नेपालका आप्रवासी कामदारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री यादवले सबै देशमा शून्य लागतमै नेपाली कामदार पठाउने गरी श्रम सम्झौतामा प्राथमिकता दिइएको बताए।
श्रम सम्झौताका लागि आधा दर्जनभन्दा बढी देशसँग प्रक्रिया अघि बढेको छ। ‘रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने गरी शून्य लागतमै सम्झौता भइरहेका छन्’, उनले भने,‘आगामी दिनमा पनि उक्त अभियान अघि बढ्नेछ।’
मन्त्री यादवले सीप सिकाएर दक्ष कामदार उत्पादन गर्ने सरकारको रणनीति भएको बताए। ‘दक्ष जनशक्ति उत्पादन गर्न सीपमूलक तालिममा प्राथमिकता दिएका छौं’, उनले भने। फर्किएका कामदारको सीप प्रयोग गरेर आर्थिक उत्पादनमा लगाउने उनले बताए। राष्ट्रिय योजना आयोगका सदस्य डा।रामेश्वर फुयाँलले रेमिट्यान्स आर्थिक विकासको मेरुदण्ड भएको बताए। रेमिट्यान्सको सही सदुपयोगले अर्थतन्त्रले छिट्टै फड्को मार्ने उनको रहेको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।




प्रतिक्रिया