मुम्बई, पुस ६ । दक्षिण भारतीय फिल्म उद्योगमा स्थापित नाम हो, तमन्ना भाटिया। फिल्ममा उनी आफ्नो अभिनयका कारण जति चर्चित छिन्, त्यति नै चर्चित छिन्— ‘नो किसिङ रुल’ बनाएर।
उनले आजसम्म कुनै पनि फिल्ममा किस सिन दिएकी छैनन्। उनी कुनै फिल्मको सम्झौताभन्दा पहिले नै किस सिन नदिने भनेर हस्ताक्षर गर्छिन्। एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मैले फिल्मी करिअर सुरु गरेदेखि आजसम्म त्यो रुल बे्रक गरेको छैन, हुने पनि छैन।’
तमन्नाले सन् २००५ मा फिल्म ‘चाँद सा रोशन चेहरा’बाट करिअर सुरु गरेकी थिइन्। दक्षिण भारतीय फिल्म उद्योगमा हिट फिल्म दिएपछि उनले बलिउडमा अजय देवगन, सैफ अली खान र रितेश देशमुखसँग काम गरिसकेकी छन्। अब उनले नवाजउद्दिन सिद्दिकीसँग काम गर्ने भएकी छन्। एजेन्सी




प्रतिक्रिया