एक पटकको कुरा हो, अर्जुन इन्द्रको सभामा उपस्थित भएका थिए । अर्जुनको प्रभाव र रुप देखेर स्वर्गकी अप्सरा उर्वशी उनीसँग मोहित भइन् । उर्वशीले अर्जुनलाई मनाउने कोशिश गरिन् । उनले अर्जूनलाई प्रेम प्रस्ताव निवेदन मार्फत राखिन्, तर अर्जुनले आफ्नो नैतिक पतन हुनदिएनन् र उनको प्रेम प्रस्तावलाई अस्विकार गरे । र, भने “तपाई मेरी आमा समान हो, किन कि तपाई हाम्रो पूर्वज पनि हो ।
तपाईबाट नै हाम्रो कुल खानदानको उत्पत्ति भएको हो ।” यो सुनेर उर्वशी रिसाईन् । उनले अर्जूृनलाई भनिन् “तिमी नपुंसकको जस्तो कुरा गरिरहेका छौ, त्यसैले तिमी नपुंसक हुनेछौ ।” –भनी श्राप दिएर गइन् ।
जब इन्द्रलाई यो कुरा थाहा भयो, अर्जुनको धर्म पालनबाट प्रसन्न भई उनले उर्वशीले दिएको श्राप फिर्ता लिनको लागि आग्रह गरे तर उर्वशीले पुरै श्राप फिर्ता लिन नसक्ने भन्दै श्रापलाई घटाउँन भने तयार भईन् । अर्जुन केवल एक वर्षसम्म नपुंशक हुनु पर्ने उनले बताइन् ।
यो श्राप अर्जुुनको लागि बरदान सावित भयो । अज्ञात वासको क्रममा अर्जुनले विराट नरेशको महलमा वृहन्न्लालको रुपमा दरबारमा एक वर्ष बिताए, उनलाई कसैले चिन्न सकेनन् ।




प्रतिक्रिया