काठमाडौँ, २ चैत । कैलालीको गौरीगंगा नगरपालिका–३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गर्दा गत शुक्रबार ट्याक्टरसहित दुईजनालाई वनका कर्मचारीले पक्राउ गरे। ट्रलीमा ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको काठ कर्मचारीले बरामद गरेका थिए।
काठ बोकेको सो ट्याक्टर वडासदस्य निरज चौधरीको रहेको खुलेको छ। यस्तै तीन साताअघि गौरीगंगा नगरपालिका–७, स्थित सुनपाल सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनमा ३२ वटा सालका रुख काटिएको फेला प(यो। ती रुख कटानीमा संलग्न भएको आरोपमा सामुदायिक वनका अध्यक्ष, कोषाध्यक्षलगायत १० जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ।
यस्तै कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका–१, जनज्योति सामुदायिक वनका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीलाई काठ तस्करीको आरोप लगाउँदै डिभिजन वन कार्यालयले तीन दिनअघि पक्राउ पुर्जी जारी ग¥यो। उक्त वनमा वन कर्मचारीले करिब एक सय क्युफिट काठ काटिएको अवस्थामा बरामद गरेको थियो। (नागरिक दैनिकबाट)




प्रतिक्रिया