कोरोनाविरुद्द लड्न राष्ट्रिय सहमतिको सरकार बनाउँ : रामचन्द्र पौडेल


चैत १३, काठमाण्डौ । कोरोनाको सम्भावित जोखिम कम गर्न सरकारले चालेका कदम केही हदसम्म सकारात्मक भए पनि स्वास्थ्य परीक्षणको व्यवस्था प्रभावकारि नभएको भन्दै गुनासोहरु आइरहेको छ ।

यहि बेलामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहमतिको सरकार बनाउनुपर्ने एजेण्डा अघि सारेको छ ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक राष्ट्रिय संकटबाट गुज्रिरहेका सहमतिको सरकारको खाँचो औल्याएका हुन्।

उनले विश्वव्यापी संकटका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९)सँग जुध्न राष्ट्रिय सहमतिमा जोड दिदै विगतमा पनि मुलुक संकटमा परेका बेला सहमतिको सरकार गठन हुने गरेको स्मरण गराएका छन् ।

त्यसैले अहिले पनि नेकपाले अरु दललाई पनि समेटेर अगाडि बढ्दा कोरोनाविरुद्दको अभियान प्रभावकारी हुने दावी गरेका हुन् ।

बिहीबार साँझ समाजिक सञ्जाल फेसबुकबाट कोरोना भाइरसबारे आफ्नो धारणा व्यक्त गर्दै कांग्रेस नेता पौडेलले संकटमा बेलामा सहमतिको सरकार बन्ने प्रथा अन्य देशमा पनि भएको बताए ।

सरकारलाई आग्रह गर्न चाहन्छु, यस्तो बेलामा आमसहमति जुटाएर नागरिकका समस्या समाधान गरिनुपर्छ । यस्तो बेलामा आम सहमति आवश्यक हुन्छ । जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस्’, नेता पौडेलले सन्देशमा भनेका छन्, ‘यस्तो बेलामा आवश्यक पर्‍यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ । दुनियाँमा यस्तो प्रचलन पनि छ ।’

उनले सबैलाई समेटेर अहिले देखा परेको संकटबाट मुलुकलाई जोगाउन सरकारलाई आग्रह गरेका छन् ।

त्सयसैगरि सरकारले अरु दलहरुबाट पनि कस्तो सहयोगको अपेक्षा गरेको छ,त्यो पनि भन्नुपर्नेेेेमा जोड दिए ।

कोरोको जोखिम कम गर्नका लागि लकडाउन आवश्यक भए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक ठूलो मारमा परेको उनको भनाइ छ । तिनका लागि तत्काल राहत कार्यक्रम ल्याउन पनि आग्रह गरे।

भारतलगायतका अन्य देशले पनि नागरिकलाई लक्षित गरेर ठूला राहतका कार्यक्रम घोषणा गरिरहेको भन्दै नेता पौडेलले सरकारलाई पनि राहत कार्यक्रम ल्याउन ढिलाई नगर्न आग्रह गरे।

´मुलुकबाहिर पनि ४०÷५० लाख नेपाली छन्, उनीहरुको स्वास्थ्यअवस्थाबारे पनि सरकारले ध्यान दिनुपर्छ।’ नेता पौडेलले भने । उनले लकडाउन अवधिभर घरभित्रै बस्न आमनागरिकलाई आग्रह पनि गरे ।

https://m.facebook.com/story.php?story_fbid=204685594170373&id=361310783900359

Skip This

Omoda E5 Pro