काठमाडौं, चैत १७ । अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोगविज्ञ डा एन्थोनी फाउचीले आइतवार त्यस्तो बताएका हुन्।
अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा १ लाख ४० हजारभन्दा बढी पुष्टि भएका कोरोनाभाइरसका सङ्क्रमितहरू छन्।
तर उनले तत्कालै त्यस्तो सङ्ख्या सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएकोु अनुमान भन्दै आफू त्यसमा अडिग रहन नचाहेकोु बताए।
पुष्टि भएका सङ्क्रमणका सङ्ख्यामा गतसाता अमेरिकाले चीन र इटलीलाई उछिनेको थियो।तर त्यहाँको मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ।
अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण सङ्क्रमितको सङ्ख्या उच्च देखिएको ट्रम्पले बताएका छन्।यसैबिच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको छ।
त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन र मास्क यस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइएको छ।
अमेरिकामा अहिले सबैभन्दा ठूलो चिन्ता भेन्टिलेटरको अपर्याप्त व्यवस्थालाई लिएर भइरहेको छ।ट्रम्पले भने मिसिगन राज्यकै डेट्रोइट सहरमा एउटा कार निर्माता कम्पनीलाई उक्त कामका लागि आग्रह गरेका थिए।
तर ट्रम्पले कतिपय अस्पताल तथा पसलेहरूले बिरामीहरूलाई आवश्यक पर्ने भेन्टिलेटर र अन्य उपकरणहरू लुकाएको आरोप लगाएका छन्।स्वास्थ्य सामग्रीका आयात समेत अब आउँदो तीस दिनसम्म हुने बताइएको छ।
आगामी दिनमा चीनबाहेक मलेसिया र भियतनामबाट समेत अमेरिकी स्वास्थ्यकर्मीलाई अत्यावश्यक देखिएका सुरक्षा सामग्री आपूर्ति गरिनेछन्।
बीबीसीका अनुसार न्यूयोर्क सहरका मेयरले स्थानीय अस्पतालहरूमा मौजुदा रहेका स्वास्थ्य सामग्रीहरू एक साताभित्रै सकिने बताएका छन्।




प्रतिक्रिया