विश्व बैंकको नेपाललाई ६ अर्ब ऋण


काठमाडौं, चैत १८ । विश्व बैंकले प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनीकरण गर्न नेपाललाई ६ अर्ब रुपैयाँ (५० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गरेको छ। रोगबाट पर्ने जोखिम व्यवस्थापन गर्न सरकारले आफ्नो क्षमता विकासमा समेत यो रकम खर्च गर्न सक्नेछ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि यो रकम प्रयोग गर्न सकिने अर्थ मन्त्रालयले जानकारी दिएको छ। यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर ((३ अर्ब ४३ करोड रुपैयाँ) ऋण सहायता घोषणा गरिसकेको छ। योसँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुग्नेछ।अन्नपूर्ण पोस्ट्बाट