काठमाडौं, चैत १९ । पश्चिमा राष्ट्रहरूले काठमाडौंस्थित आफ्ना कूटनीतिज्ञका आश्रित परिवारलाई फिर्ता बोलाएका छन्। नेपालमा कोरोना संक्रमणको त्रास बढेसँगै आश्रित परिवारलाई सरकारले टिकट खर्च उपलब्ध गराएर स्वैच्छिक रूपमा फिर्ता बोलाएका हुन्।
नेपालमा संक्रमित भए उपचार गर्ने अस्पतालको कठिनाइलाई ध्यानमा राखेर आफ्ना नागरिक फिर्ता गर्ने क्रममा कूटनीतिक आश्रित परिवारलाई पनि बोलाइएको हो। सरकारलाई सीधा रूपमा केही नभने पनि उनीहरूले सरकारको तयारी र यहाँको स्वास्थ्य क्षेत्रमा सरकारी अवस्था अध्ययन गरेर यस्तो निर्णय लिएको परराष्ट्र अधिकारीले जानकारी दिए।
‘जान खोज्नेलाई नजानू भन्न मिलेन। हाम्रो तयारी र अवस्था देखेरै फिर्ता बोलाएका हुन्। हुन त यहाँ संक्रमण बढ्दो छैन तर बढे के गर्ने भन्ने सोच राखेर फर्काएको देखिन्छ,’ ती परराष्ट्र अधिकारीले भने, ‘समिति बनेको यत्तिका समय भए पनि काममा भएको ढिलासुस्ती देखेर कूटनीतिज्ञहरू दिग्दारी पोखिरहेका छन्। हाम्रा मन्त्रीज्यूहरू गफ दिइरहेका छन्। आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।




प्रतिक्रिया