२२ चैत । भारतमा दिन प्रतिदिन कोभिड १९ का संक्रमितहरु थपिएका छन् । नयाँ दिल्लीमा यसको संख्या अन्यत्रको भन्दा धेरै भएको पनि बताइएको छ ।
जसका कारण भारतको नयाँ दिल्लीस्थित दुई ओटा अस्पताल लोकनायक जयप्रकाश र जिबी पन्त अस्पताललाई कोरोना भााइरसको उपचार गर्ने डेडिकेटेड अस्पतालका रुपमा स्थापना गरिएको छ ।
आगामी सोमबारदेखि ती अस्पतालमा कोरोनाका विरामीको मात्र उपाचार गर्ने गरी यो व्यवस्था गरिएको समाचारमा जनाइएको छ ।
अरु अस्पतालमा विरामी लैजाँदा उनीहरुबाट अन्य विरामीहरुलाई पनि सर्ने भएकोले कोरोना भाइरसका मात्र विरामीको उपचार गर्नेगरी ती अस्ताल स्थापना गर्न लागिएको बताइएको हो ।
यी दुई अस्पतालमा एकै पटक २ हजार जनाको उपाचार गर्न मिल्नेगरी पूर्वाधार बनाइएको छ । साथै उक्त एलएनजेपी अस्पताललाई कोभिड १९ व्यवस्थापन केन्द्रका रुपमा पनि विकास गरिने सरकारले जनाएको छ ।
उक्त अस्पतालका निर्देशक डा।जेशी पसाइले मेडिकल सामग्रीहरुको आपूर्ति र अरु व्यवस्थापकीय काममा कुनै पनि ढिलाई नगरी उपचारका कामलाई अघि बढाइने बताए ।
उनले यी दुई अस्पताललाई नै डेडिकेटेड अस्पतालका रुपमा विकास गरिएकोले अब उपचार र कोभिड १९ सम्बन्धी अन्य व्यवस्थापनका लागि पनि सजिलो पर्ने बताए ।
हाल सो अस्पतालमा २९० जना विरामी रहेकामा कोेरोना भाइरसका मात्र ११० जना विरामी उपचाररत रहेका छन् ।
त्यसैगरी निर्देशक पसाईले अरु पनि करिब २०० विरामीको स्याम्पल जाँचका लागि अन्यत्रै पठाइएकोमा उनीहरुको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।
उनले अब सोमबारदेखि कोभिडका स्वाबहरुको पनि यही अस्पतालमा नै परीक्षण गरिने बताए ।
भारतमा पछिल्लो समयमा कोरोना भाइरसका विरामी बढ्दै गएको बताइएको छ । आजसम्म भारतमा करिब २ हजार ९०० जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घन्टामा मात्र भारतमा ३५५ जना नयाँ संक्रमित आएका पनि भारत सरकारले जनाएको छ । हाल भारतभर लकडाउनको नीति लिइएको छ ।




प्रतिक्रिया