कोरोनाको कहरः न्यूयोर्कमा मात्रै ३५ सयको मृत्यु, सेना परिचालनको तयारी


अमेरिका, चैत २३ अमेरिकामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर तीन लाख नाघेको कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणको आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

त्यसमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन्। जुन इटलीको हाराहारीमा छ।त्यहाँ मर्नेको सङ्ख्या ३,५६५ पुगेको बीबीसीले उल्लेख गरेको छ ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले त्यहाँ सङ्क्रमणको उच्च विन्दु आगामी ४ देखि १४ दिनमा पुग्ने ठानिएको बताए।

कोरोनाभाइरसको अवस्थाबारे दैनिक प्रेस सम्मेलनका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कोमोलाई न्यूयोर्कलाई आवश्यक स्रोतको प्रबन्ध गरिदिने बताइरहेका छन् ।

उनले कोभिड(१९ विरुद्ध राज्यहरूलाई सहयोग गर्न ुव्यापक सैन्य परिचालन गरिनेु भन्दै त्यसका लागि हजारौँ सैनिक, स्वास्थ्य कार्यकर्ता तथा जानकारहरू खटाइने जनाएका छन् ।

एक हजार सैनिकलाई छिट्टै न्यूयोर्क शहरमा खटाइने उनले बताए। अमेरिकामा हालसम्म आठ हजारको ज्यान गइसकेको छ।

संसारभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण मर्नेहरूको सङ्ख्या ६०,००० नाघेको छ भने सङ्क्रमित झण्डै १२ लाख पुगेको छ।