काठमाडौं, चैत २४ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले चालु आवको स्वीकृत बजेटबाट तत्काल २६ करोड खर्च गर्ने प्रतिबद्धता जनाएका छन्।
नयाँ बजेटमार्फत साढे दुई अर्ब खर्च गर्न मिल्ने गरी प्रस्ताव गर्नेसमेत प्रतिबद्धता जनाएको परिषद्का सदस्य सचिव बस्नेतले बताए। ती संस्थाले प्रस्तावित बजेट स्वीकृत छिटो गराउन माग गरेका छन्। बस्नेतले भने, ‘हाम्रो पनि प्रतिबद्धता छ। अनुमोदनका लागि एक महिना लाग्ने समयलाई घटाएर एक साता पुर्याउन तयार छौं।’
सरकारले अन्तर्राष्ट्रिय तथा गैरसरकारी संस्थाले कोरोना रोकथाम गर्न आयात गर्ने सामानमा भन्सार महसुलमा छुट दिने निर्णय गरिसकेको छ।
परिषद्का अनुसार मुलुकभर अहिले करिब ५० हजार गैरसरकारी संस्था छन्। तीमध्ये पाँच हजार जति मात्र सक्रिय छन्। त्यसबाहेक दुई सय ३५ आईएनजीओ सक्रिय अवस्था रहेका छन् ।




प्रतिक्रिया