काठमाडौं, चैत २९ । सरकारबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पु¥याउन स्थापित कोषमा १ अर्ब ९३ करोड ८९ लाख ६४ हजार ५ सय ८० रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार ३ बजेसम्म सो रकम जम्मा भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार मात्रै २ करोड ३९ लाख ६० हजार ३ सय ८२ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको थियो ।राजधानी दैनिकबाट




प्रतिक्रिया