काठमाडौं, २९ चैत्र । ओम्नी समूहले कोरोना भाईरस (COVID-19) को रोकथाम तथा नियन्त्रणको लागि सामान आपुर्तिगर्ने संझौता सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शनिबार अपरान्ह एक विज्ञप्ती जारी गर्दै समूहले भनेको छ,”यही चैत्र १६ गते कम्पनीले अत्यावश्यक सामान तथा उपकरणहरु तोकिएको समय भन्दा २४ घण्टा अगावै नेपाल वायुसेवाको जहाज मार्फत ल्याई सरकारलाई उपलब्ध गराएको र आज सोही उपकरण तथा सामानहरुको कारण देशब्यापी परीक्षणको कार्य भईरहेको ब्यहोरा सर्वविदितै छ ।”
उक्त समुहले आफूहरु राष्ट र जनताको हितमा सधै लागि रहने प्रतिवद्धता दोर्याएको छ । यस महामारीवाट पार पाउन हामी सबैले आफ्नो पक्षवाट सकारात्मक सोचका साथ अगाडी बढ्न आवश्यक रहेको र आम नागरिकलाई मानसिकरुपमा विक्षिप्त पार्ने गरी तथ्यहिन समाचार संप्रेषण नगर्न पनि समूहले अनुरोध गरेको छ । समूहले भनेको छ,”विशेष परिस्थितीमा भएको यस संझौतामा कतै कुनै कमि कमजोरीका कारण जनता तथा राष्ट्रलाई हानी नोक्सानी भएको प्रमाणित भएमा हामी त्यसलाई सच्याई आफ्नो दायित्व पुरा गर्न तत्पर रहेको आम जनसमुदायहरुमा जानकारी समेत गराउन चाहन्छौ ।”
विज्ञप्तीमा भनिएको छ,”हामीले यस विपदको घडीमा आफ्नो स्वास्थ, परिवार तथा समाज नभनी जनताको स्वास्थको लागि गरेको कार्यमा एकतर्फिरुपमा जिम्मेवार संचार माध्यमहरुवाट हामी माथी जसरी आक्रमण भयो सो वाट हामीलाई दुखित मात्र वनाएको छैन, हाम्रो नागरिक हक समेत हनन भएको महसुस गरेका छौ । हामी माथी निरन्तर प्रहार भईरहदा समेत परिस्थितीको गाम्भिर्यतालाई ध्यानमा राखि हामी तरँगित नभई धैर्यताका साथ वसि रह्यौ । आज हामी देशको जिम्मेवार संचार जगतमार्फत यस सम्बन्धमा भएका सत्य तथ्यहरु आम जनसमुदाय, हाम्रा शुभेच्छुक, ब्यापारिक साझेदार तथा सरोकारवालाहरुलाई स्पष्ट पार्न चाहन्छौ ।”
कोरोना भाईरस (COVID-19) को रोकथाम तथा नियन्त्रणको लागि सामान आपुर्तिगर्ने संझौता सम्बन्धमा ओम्नी समुहको तर्फवाट जारी गरिएको प्रेश विज्ञप्ती
विश्व सहित नेपाल महामारीको चपेटामा परिरहेको अवस्थामा स्वास्थ सेवा विभागको तर्फवाट चैत्र १२ गतेको गोरखापत्रमा प्रकासित सूचना अनुसार सामान तथा उपकरणहरुको खरिद प्रकृयामा ओविसिआई (ओम्नी समुह जसले विगत ५ वर्ष देखि Medical Equipmentत आपुर्ति गर्दै आएको) लगायत अन्य आपुर्तिकर्ताहरुले आसय पेश गरेकोमा यस कम्पनीले पेश गरेको आसय सबै भन्दा कम मूल्यको रहेको र तत्काल आवश्यक पर्ने सामान तथा उपकरणहरु छोटो समयमा आपुर्ति गर्ने हाम्रो प्रतिवद्धताको कारण संझौता गरीएको ।
एक दुई वटा सामानको दररेट सम्बन्धमा समाचारको माध्यमवाट फैलाईएको अफवाहवारे यही चैत्र १६ गते स्वयँ स्वास्थ सेवा विभागले आधिकारिक जानकारी गराई सकेको ।
यहि चैत्र १६ गते कम्पनीले अत्यावश्यक सामान तथा उपकरणहरु तोकिएको समय भन्दा २४ घण्टा अगावै नेपाल वायुसेवाको जहाज मार्फत ल्याई सरकारलाई उपलब्ध गराएको र आज सोही उपकरण तथा सामानहरुको कारण देशब्यापी परीक्षणको कार्य भईरहेको ब्यहोरा सर्वविदितै छ ।
हामीले यस विपदको घडीमा आफ्नो स्वास्थ, परिवार तथा समाज नभनी जनताको स्वास्थको लागि गरेको कार्यमा एकतर्फिरुपमा जिम्मेवार संचार माध्यमहरुवाट हामी माथी जसरी आक्रमण भयो सो वाट हामीलाई दुखित मात्र वनाएको छैन, हाम्रो नागरिक हक समेत हनन भएको महसुस गरेका छौ । हामी माथी निरन्तर प्रहार भईरहदा समेत परिस्थितीको गाम्भिर्यतालाई ध्यानमा राखि हामी तरँगित नभई धैर्यताका साथ वसि रह्यौ । आज हामी देशको जिम्मेवार संचार जगत मार्फत यस सम्बन्धमा भएका सत्य तथ्यहरु आम जनसमुदाय, हाम्रा शुभेच्छुक, ब्यापारिक साझेदार तथा सरोकारवालाहरुलाई स्पष्ट पार्न चाहन्छौ ।
१) विपदको यस घडीमा देश, जनता तथा सरकारलाई सहयोग गर्ने मनसायले यस कार्यमा सहभागी भएको र यसमा कुनै वदनियत नरहेको, संचार माध्यमहरुवाट फैलाईएको भ्रष्टा्रचार भएको भन्ने अफवाहमा कुनै सत्यता नरहेको । हामी सधै देश र जनता प्रति समर्पित छौ र यस विपदको घडीमा एक असल नागरिकले खेल्नु पर्ने भुमिका प्रति हामी सजग तथा जानकार छौ ।
२) सम्माननिय प्रधानमंत्रीज्यू, उप प्रधान मँत्रीज्यू , अन्य माननिय मंत्रीज्यूहरु तथा सल्लाहकारहरु तथा अन्य पक्षहरुको यस संझौतामा कुनै सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छौ ।
३) यस विषम परिस्थितीमा चिनमा कोरोनाको रोकथाम तथा नियन्त्रण सम्बन्धी सामान तथा उपकरणहरुको वजारमा मूल्य प्रत्येक दिन परिवर्तन भईरहेको र राम्रो अर्थतन्त्र भनिएका देशहरुले पनि खरिदमा होडवाजी चलिरहेको ।
४) नेपालवाट चिनमा गई उत्पादक, वितरकसंग सम्पर्क गरी मूल्य सम्बन्धमा वार्ता गर्ने अवस्था लकडाउनको कारण सम्भव नभएको ।
५) हामीले यस कार्यमा नियमानुसार लिन सक्ने २० प्रतिशत अग्रिम रकम नलिएको । यदि हाम्रो नियतमा खोट भएको भए उक्त रकम भुक्तानी लिई सामान आपुर्तिमा ढिलासुस्तीगर्ने थियौ होला ।
६) साथै आपुर्ति गरेको सामानहरुको समेत आज सम्म कुनै भुक्तानी नपाएको ।
७) हामीले आपुर्ति गरेको सामान तथा उपकरणहरुको गुणस्तर सम्बन्धमा हामी पूर्णरुपमा सजग रहेको र उक्त सामान तथा उपकरणहरु युरोपियन मापदण्ड (CE), चाईनिज मापदण्ड (cFDA) अनुसार भएको र चिन सरकारवाट मान्यता प्राप्त सस्थाहरुले उत्पादन गरेकोे । जसको सर्टिफिकेटहरु स्वास्थ सेवा विभागमा सामान तथा उपकरणको साथ साथ पेश गरेको ।
८) यस कम्पनीवाट विभागमा पिपिई सेटको एक मुष्ट कोटेसन यूएस् डलर ४२.९८ (ढुवानी सहित) पेश गरेको र पछि छलफल हुदा सेट भित्रको ५ प्रकारका आईटमहरुको मूल्य अलग अलग छुट्याउने क्रममा N95 Mask तथा Goggles को मूल्य केही बढी उल्लेख हुन गएको र Gown को मूल्य परल मूल्य भन्दा १६ डलर कम उल्लेख भई तलमाथी पर्न गएको । पेश गरेको रकम र संझौताको रकम ४२.९८ डलर फरक नभएको । सेट भित्रको अलग अलग सामानको दर युएस् डलरमा यस प्रकार रहेको : Goggles १७.९१, Gown १५.९१, Glove ०.२०, N95 Mask ६.९७, Shoe Cover १.९९ रहेको । संचार माध्यमवाट Goggles र थर्मोमिटरको मूल्य बढी भएको भनि समाचार आए पछि उक्त सामान हामीले चिनमा खरिद गरीसकेको अवस्थामा समेत प्रथम लटमा आपुर्ति नगरेको । हामीले युरोपियन स्टाण्डर्डको थर्मोरमटरको ६५ युएस डलर प्रस्ताव गरेको । PPE सेटको हवाई भाडा समेत कूल रु. ५२४४।(रहेको ।
९) संचार माध्यममा आएको समाचार सम्बन्धमा छलफल गरी सत्य तथ्यको जानकारी गराउन कम्पनीले पटक पटक स्वास्थ सेवा विभागसंग सम्पर्क गर्न प्रयास गर्दा हाम्रो फोन नउठाएको र कार्यालयमा भेट समेत नदिएको ।
१०) यस कम्पनीले यूएस् डलर १,५३,८५०।( (ने.रु.एक करोड छयासी लाख छ हजार मात्र) मा उपकरण ढुवानीको लागि नेपाल एयरलाईन्सको जहाज चार्टर गरेको र IATA नियमको पुरा पालना गरिएको । चिन सरकार र Alibaba Foundation ले उपलब्ध गराएको अत्यावश्यक समानहरु कुटनैतिक सम्बन्धको ख््याल गरी हामीले चार्टर गरेको जहाजमा ल्याएको । हवाई भाडा प्रति के.जी. करिव यूएस् डलर १६ परेको ।
११) सझौता बमोजिम प्रथम लटमा उपलब्ध गराउन पर्ने सामानहरु जहाजको क्षमता (१२५ सिभिएम्) भित्र कम्पनीको सामान तथा तथा को समान तोकिएको मिती अगावै आपुर्ति गरी दोश्रो लट र पहिलो लटको वाकी समानहरु संझौता बमोजिम अप्रिल २ तारिखमा ढुवानी गर्न जहाजको लागि नेपाल वायुसेवा संग समन्वय गर्दा ४ अप्रिल अगाडी जहाज उपलब्ध गराउन नसकिने जानकारी प्राप्त भएको र यस विषम परिस्थितीको जानकारी लिखितरुपमा विभागमा गराउदा समेत एकतर्फिरुपमा संझौताको प्रावधान विपरित संझौता भंग गरेको
१२) ओम्नी समुह विगत २४ वर्षदेखि ब्यवसाय गर्दै आएको । यस गु्रपले १०० जाना भन्दा बढी लाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको । वार्षिक करोडौ रुपैया कर वापत सरकारलाई भुक्तानी गर्दै आएको
१३) यो कम्पनी, कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई मूख्यरुपमा सूचना प्रविधी तथा General Trading सम्बन्धी क्षेत्रमा कार्य गर्दै आएको साथै विगत ५ वर्ष देखि Medical Equipments तथा Accessories हरु आयात तथा विक्री वितरण र सो को सेवा दिदै आएको । नेपालको प्राय सबै ठूला अस्पतालहरुमा Critical Care सम्बन्धी उपकरणहरु यस कम्पनीले उपलब्ध गराएको । जस्तै टिचिङ्ग अस्पताल, विर अस्पताल, प्रसुतीगृह, नेपाल मेडिसिटी, नोवेल मेडीकल कलेज, नर्भिक, ग्राण्डी ।
१४) भाटभटिनीको भवनको २ तल्ला हामीले भाडा लिएर कार्यालय संचालन गरेको । यसवाहेक अन्य सम्बन्ध नरहेको ।
१५) यस विषम परिस्थितीमा सामान तथा उपकरणहरु सस्तो मूल्य दिनसक्छु भन्ने NRN को प्रतिनिधी र ब्यापारीहरु अहिले कहाँ छन् ? देश विषय परिस्थितीवाट गुज्रिरहेको यस अवस्थामा सरकारलाई हामीले जस्तै सवै पक्षवाट सहयोग गर्नुपर्नेमा आम जनतालाई तरँंगितपारी धमिलो पानीमा आफ्नो स्वार्थ पुरागर्ने अभिष्टका साथ सरकार, सरकारी संयन्त्र तथा हामीलाई आक्रमण गरी कसलाई फाईदा भयो ?
१६) हामी राष्ट र जनताको हितमा सधै लागि रहने प्रतिवद्धता दोर्याउन चाहन्छौ । यस महामारीवाट पार पाउन हामी सबैले आफ्नो पक्षवाट सकारात्मक सोचका साथ अगाडी बढ्न आवश्यक रहेको र आम नागरिकलाई मानसिकरुपमा विक्षिप्त पार्ने गरी तथ्यहिन समाचार संप्रेषण नगर्न हाम्रो विनम्र अनुरोध छ । विशेष परिस्थितीमा भएको यस संझौतामा कतै कुनै कमि कमजोरीका कारण जनता तथा राष्ट्रलाई हानी नोक्सानी भएको प्रमाणित भएमा हामी त्यसलाई सच्याई आफ्नो दायित्व पुरा गर्न तत्पर रहेको आम जनसमुदायहरुमा जानकारी समेत गराउन चाहन्छौ ।
१७) अन्तमा, राष्ट्र, सरकार तथा हामी माथी भएको गैह्रजिम्मेवार प्रहारप्रति हामी खेद प्रकट गर्दछौ । यस विषम घडीमा निहित स्वार्थ भएका केही तत्वहरुको जालोले चलाएको प्रपोगाण्डामा कुनै सत्यता नभएको दृढताका साथ स्पष्ट पार्न चाहन्छौ । यस विषम घडीमा विचलित तथा भ्रमित नहुन हामी हाम्रा संपूर्ण शुभेच्छुक, ब्यापारिक साझेदारहरु, सम्बन्धीत सस्थाहरु, सेवाग्राहीहरु तथा आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौ । देशको चौथो अंगको रुपमा रहेको आम संचार जगतवाट सत्य तथ्य सहित यथार्थपरक समाचार संप्रेषण हुनेमा हामी विश्वस्त छौ ।
धन्यवाद ।
OBCI प्रा.ली.
कृष्णगल्ली, ललितपुर, नेपाल ।
www.obci.com
Email: [email protected]
मिति : २०७६।१२।२७




प्रतिक्रिया