संसद बैठक सुरु, परराष्ट्रमन्त्री ज्ञवाली बोल्दै (लाईभ-भिडियोसहित)


काठमाडौं, २८ वैशाख । संसद बैठक सुरु भएको छ । आजबाट संसदको प्रि-बजेट अधिवेशनमा सांसदहरुले आफ्ना कुरा राख्दैछन् । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भनेर विरोध भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवालीले आजको संसदमा जवाफ दिइरहेका छन् । मन्त्री ज्ञवालीलगत्तै दलका शीर्ष नेताहरुले पनि आज विशेष समय लिएर बोल्ने कार्यसुची तय भएको छ ।