सयौंको संख्यामा कोरोना संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी दिने


काठमाडौ, ३१ जेठ । नेपालमा आज सयौंको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै आज संक्रमित संख्या साँढे पाँच हजार नजिक पुगेको बुझिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह थपिएका संक्रमितबारे औपचााारिक जानकारी दिनेछ । यसअघि हिजो एकै दिन सर्वाधिक ४४८ कोरोना भाइरसका संक्रमित थपिएका थिए । संक्रमित संख्या ५ हजार नाघिसकेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना पुगिसकेको छ ।