काठमाडौं, ८ असार । सिंहदरबारस्थित् कृषि तथा पशुपन्छी मन्त्रालयको भवनमा रंगरोगन गर्ने क्रममा अढाई तलाबाट एक युवक भुईमा खसेका छन् । घाईते खोटाङ स्थायी घर भएका २४ वर्षीय युवा विनय मगर हुन् । उनी दिउँसो १ बजेतिर रंग लगाउँदा लगाउँदै माथिबाट भुईमा खसेका थिए । उनलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ ।
ठेकेदार वासु फुयाँलका अनुसार ती युवाको अवस्था सामान्य रहेको छ । उनकाअनुसार युवालाई गम्भिर चोट भने लागेको छैन् । अहिले सिटी स्क्यान र एक्स–रे गर्ने काम भैरहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम





प्रतिक्रिया