काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालको भूमि चीनले कब्जा गरेको भनेर समाचार आएको उल्लेख गर्दै सरकारसँग यसबारेमा जवाफ मागेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत निधिले वर्तमान सरकारलाई चिनियाँ पार्टीले तालिम पनि दिएको कुरा आएको भन्दै यस सम्बन्धमा पनि सरकारको जवाफ मागेका हुन् ।

निधिले लेखेका छन्,’हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि; हुम्ला,रसुवा,संखुवासभा, सिन्धुपाल्चोक गरि ३३हे. जग्गा चीनद्वारा कब्जा; गोरखाको रुई गाउँ कब्जा;कोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने; र सरकारलाई चिनिया पार्टी ले तालिम दिएको समाचार आयो। सरकारको जबाफ चाहियो।’




प्रतिक्रिया