मुकुन्द कालिकोटे : काठमाडौँ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले लकडाउनको यो विषम परिस्थितिमा पनि ट्राफिक प्रहरीहरुले उच्च मनोबालका सथा काम गरिरहेको बताएका छन् । चोरी भएका ३० वटा मोटरसाईकल, स्कुटी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गर्दै ढकालले ट्राफिक प्रहरीहरुले दिएका जिम्मेवारीहरुलाई ईमान्दारीका साथ निर्वाह गरेका कारण हामीले लकडाउनका समयमा पनि चोरीका मोटरसाईकलहरु समात्न सकेका बताएका हुन् ।

महाशाखाबाट सादा पोसाकमा खटाईएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गर्ने क्रममा मोटरसाईकल र स्कुटी गरी ३० जाटा फेलापार्न सफल भएको हो । उपत्यकाका म्हैपि, बालकोट, किर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकष्ठ, गोकर्णेश्वर, ठमेल, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्वर, ठमेल, ट्रामा सेन्टर, न्युरोड, महाराजगंज, नयाँबस्ती, किर्तिपुर, पशुपती पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चावाहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धीत धनिलाई महाशाखा प्रमुख ढकालले जिम्मा लगाए ।
महाशाखाका प्रमुख भिम प्रसाद ढकालले भने,– ‘पार्किङ्ग स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समयसम्म पार्किङ्ग गरिने स्थानहरुमा असुरक्षित पार्किङ्ग गरेर, अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अबस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापार्वाही गरेर मोटरसाईकल बढी चोरी हुने गरेका हुन् ।’
सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिएका छन्।
आज श्याम बहादुर खाती, बालकृष्ण श्रेष्ठ, दिपेन्द्र कुँवर, रिना मगर, सञ्जय महत्तो, धन कुमार चेम्जोङ, विश्व कुमार बस्नेत, रोजन श्रेष्ठ, अनिल थापा, पुरन राई, राम कुमार थापा, मिलन सुनुवार सिन्धुली, संघर्ष स्वणकार, मिमांसा महर्जन, बम बहादुर विश्वकर्मा, अन्त प्रसाद श्रेष्ठ ९पाल्पा० , राम कुमार शाही, बेल बहादुर सिजाली, दिपेन्द्र प्रधान, नेश थापा, राधा कृष्ण थुवाजु, ओम कृष्ण खड्गी, राजकुमार कार्की, अनिल लामा, आशिष साँउद, राज कुमार मगर, बिक्रम के।सी।, गणेश कुमार गिरी, वोजराज श्रेष्ठ र कुमार तामाङका मोटरसाईकलहरु जिम्मा लगाएको हो।
महाशाखाले यस आव ०७६र०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको छ भने ३६ जना व्यक्तीलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको छ। Photo : Mukunda Kalikote




प्रतिक्रिया