काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना र भोकले जनता त्राहीमाम भएको बेला सांसद र नेता भारत, चीन र अमेरिकासँग पालैपालो पाखुरा सुर्केर बहादुरी देखाईरहेको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले रोग र भोकले बाँचे अरुसँग पछि लड्दा हुन्न ? भन्ने पनि प्रश्न गरेका छन् ।

उनले ट्विटरमा यस्तो लेखेका छन्-“Einsteinले भनेका थिए-Nationalism is an infantile disease. It is the measles of mankind.हामी नेपालीलाई यतिवेला त्यही लुतोले सताए जस्तो छ!कोरोना/भोकले जनता त्राहीमाम छ!सांसद/नेता भारत/चीन/अमेरिकासंग पालैपालो पाखुरा सुर्केर बहादुरी देखाइरहेछन्!रोग/भोकले बाँचे अरूसंग पछि लड्दा हुन्न?” File Photo/ReportersNepal




प्रतिक्रिया