काठमाडौं, १२ असार । दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती अस्पताल नजिकै प्रहरीले फेला पारेको उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो ।
मृत्युपछि उनको स्वाबको नमुना परीक्षणका लागि लगिएकोमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
अन्दाजी ३० वर्षकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । ११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको थियो । ती महिलाको परिचय अझै खुल्न सकेको छैन । उनको बारेमा जानकारी लिने प्रयास भइरहेको डा. गौतमले बताए ।




प्रतिक्रिया