काम नगर्ने कर्मचारीलाई हटाउने मन्त्री भट्टराईको चेतावनी


काठमाडौं, १४ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई हटाउने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

मन्त्री भट्टराईले भने, ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’ File Photo/ReportersNepal