काठमाडौं, वैशाख १६ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज ओमानसँग दोस्रो खेल खेल्न लागेको हो ।
खेल अहिले बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले युएईलाई पराजित गर्दै शृंखलामा सुखद सुरुवात गरेको थियो । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक हात पारेको थियो ।
यता ओमानले भने आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको थियो । लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । ओमान भने २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया