शितलनिवास नलगिएकोमा श्रेष्ठ असन्तुष्ट !


काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् । राष्टपतिविरुद्ध महाअभियोग ल्याउन लागिएको र आफूलाई दुवै पदबाट हटाउन षड्यन्त्र भैरहेको भनेर प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई सुनाएपछि उक्त आरोपमा कुनै सत्यता नभएको भन्दै तीन जना नेताहरु राष्ट्रपति भेट्न शितलनिवास पुगेको हुन् ।

तर, राष्ट्रपतिलाई भेट्न जाँदा आफूलाई नलगिएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ अध्यक्ष दाहालसँगै बरिष्ठ नेताहरुसँग असन्तुष्ट बनेको स्रोतको दाबी छ । राष्ट्रपतिसँगको भेटमा नेता श्रेष्ठपनि सहभागी हुन चाहन्थे । तर, शीर्ष नेताहरुले उनलाई उक्त भेटमा सहभागी नगराएको खुल्नमा आएको छ ।

राष्ट्रपतिसँगको भेटमा नेताहरुले आफूहरुले महाअभियोग लगाउनेबारे कुनै छलफल नगरेको र यस्तो कल्पनासमेत गर्न नसकिने विषय भएको भन्दै आश्वस्त पारेका थिए । बरु, नेताहरुले पार्टी विभाजन गर्नेगरि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याए त्यसलाई दुई/चार दिन रोक्न अनुरोध गरेका थिए । उनीहरुले राष्ट्रपतिको भूमिका निश्पक्ष हुनुपर्नेमा पनि जोड दिएका थिए ।

ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन

जवाफमा राष्ट्रपतिले नेताहरुलाई एकताबद्ध भएर अघि बढ्न सुझाएकी थिईन् । उनले नेताहरुलाई आपसमा सहमति कायम गरेर नै जान आग्रह गरेकी थिईन् । राष्ट्रपतिसँगको भेटवार्तापछि दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा दुवै अध्यक्षले आफ्नो तर्फबाट दुई-दुई जना नेताहरु राखेर छलफल गरेका थिए । ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल सहभागी थिए भने दाहालको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन थिए ।

उनीहरुबीच सहमति खोज्नेबारे समझदारी बनेको छ । आजपनि दुई अध्यक्षबीच छलफल भएको छ । स्थायी कमिटीको बैठक असार २४ गते विहान बस्नेगरि स्थगित् गरिएको छ। यो बीचमा अध्यक्षद्धयबीच सहमति खोजिने नेताहरुले जनाएका छन् । File Photo/ReportersNepal

Related News:

‘संकटकाल लगाएर नेताहरुलाई हाउस एरेस्ट गर्ने’ सम्मको तयारी अचानक यसरी रोकियो

नेकपा फुटको नजिक, को कता (सुचीसहित)

माधव नेपाललाई फकाउन ओलीको नयाँ प्रस्ताव

चिनियाँ राजदुत यान्छी नेकपा शिर्ष नेताको घर-घर पुग्न थालिन्, चीनले नेकपा फुट्नबाट जोगाउन सक्ला ?