काठमार्डौं, असार २६ । शुक्रबारदेखि आउँदो शुक्रबारसम्म मनसुन अझै धेरै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
‘एक साता बिहान घाम लागे जस्तो हुने र रातको समयमा मनसुन अत्यधिक सक्रिय रहनेछ’ जल तथा मौसम विज्ञान विभागका मौसमविज्ञ वरुण पौडेलले भने, ‘पचास मिलिलिटरसम्म भएको वर्षा मध्यम भएकाले नेपालका केही स्थानबाहेक अधिकांश भागहरूमा मध्यम वर्षा भइरहेको छ।’
मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।
प्रदेश नं १, २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन मुख्य रुपमा नेपाल प्रवेश गरेकाले जुनसुकै बेला घनघोर वर्षा हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।




प्रतिक्रिया