नेपाल औषधि उत्पादक संघको पत्रकार सम्मेलन, ७ बुँदे माग अघि सार्यो (विज्ञप्तीसहित)


काठमाडौं, १ साउन । नेपाल औषधि उत्पादक संघले विभिन्न ७ बुँदे माग अघि सारेको छ । उसले अघि सारेको मागमध्ये पहिलो नम्बमा स्यानिटाईजरमा नेपाली औषधी उद्योग आत्मनिर्भर भैसकेकोले बिना दर्ता र गुणस्तर परीक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ । बिहीबार संघले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न ७ बुँदे माग अघि सारेको छ ।

 

कोरोनाका कारण देश नै ठप्प भएको अवस्थामा पनि आफूहरुले औषधीको उत्पादन जारी राखेको र स्वदेशमा उत्पादित औषधीको आयातमा कुनै कमी हुन नदिएको संघका पदाधिकारीहरुको भनाई छ ।

उनीहरुले स्वदेशमै उत्पादन भएका औषधीहरुको कुनै अभाव हुन नदिने प्रतिबद्धतापनि जनाएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम