नेकपा सचिवालय बैठक भोलि बस्ने


काठमाडौं, २ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित् भएको छ । तर, नेताहरुले भोलि सचिवालय बैठक डाकेका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार सचिवालय बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि विवाद बढ्दै गएको छ । आज बस्ने भनिएको स्थायी कमिटी बैठकसमेत आईतबारसम्मको लागि स्थगित् भएको छ ।