काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले युवराज पौडेल (सफल)लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको अभियोगमा उनी पक्राउ परेका थिए ।
आज जिल्ला न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले सो आदेश गरेको हो । पौडेल यसअघि नै हाजिरी जमानीमा छुटेका थिए । आज थुनछेक आदेश गर्दै अदालतले धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।
सफल माघ १३ मा पक्राउ परेका थिए ।




प्रतिक्रिया