कोरोना संक्रमित संख्या घट्दै, दुई महिनायताकै कम संक्रमित थपिए


काठमाडौं, ३ साउन । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या वृद्धिदर ह्वात्तै घटेको छ । आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । यो विगत दुई महिनायताकै एकै दिनमा कम वृद्धि संख्या हो ।

आज थपिएका संक्रमितसँगै कुल संक्रमित १७ हजार पाँच सय दुई पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

देशमा सक्रिय संक्रमित संख्या ५ हजार ८ सय २५ पुगेको छ । ११ हजार ७ सय ७७ जना संक्रमणमुक्त भइसकेका छन् ।
हालसम्म ४० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।