भदौ १ देखि हवाई उडान सुचारु


काठमाडौं, ५ साउन । सरकारले १ भदौबाट हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य दुवै हवाई उडार पुनः संचालनमा ल्याउने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई उडान पुनः सञ्चालन हुने निर्णयबारे जानकारी दिएका हुन् । पर्यटन मन्त्रालयले उडानको मापदण्ड बनाउने जिम्मा पाएको छ । मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्नेछ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले चार महिनायता हवाई उडान बन्द गरेको थियो । अत्यावश्यक परिस्थितिमा मात्र चाटर्ड उडान सञ्चालन गर्दै आएको थियो ।