काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले नेकपाका केही नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेको केटीकेटीको गुलेली खेल जस्तो भएको आरोप लगाएका छन् । ३८औं वि पि स्मृति दिवसमा बोल्दै नेता गिरीले नेकपाका केही नेताहरुले प्रधानमन्त्रीको भूमिकाको विषयमा संसदमा राजीनामा माग्न नसकेर एक–दुई सय जम्मा गरेर राजीनामा गराउन सक्छु भन्नु केटाकेटी पन भएको टिप्पणी गरे ।
नेपाली काँग्रेस (वी. पी.) ले आफ्नो केन्द्रय कार्यलय गोङबु आवासीय क्षेत्रमा राखेको वर्तमानमा वीपी विचारको सान्दर्भिकतामा विषयमा बोल्दै प्रमुख अतिथि गिरीले राष्ट्रपतिले प्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै निर्णय गर्ने गरेकोले राष्ट्रपतिको भूमिकाले कतै गणतन्त्रमाथि खतरा त छैन भनेर शंका व्यक्त गरे ।

नेता गिरीले नेपाली काँग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही बोल्न नसकेर निरीह व्यहार देखाएको दावी गरे । गिरीले नेपाली काँग्रेसले निजीकरणको नाममा समाजवादी नीति भुलेकोले आफूलाई वीपीवादीभन्न पनि लाज हुने भैसकेको बताए । गिरीले नेपाली काँग्रेसले गणतन्त्र धर्मनिरपेक्षता र संघीयतामा विधिपूर्वक नगएको र आम नागरिक तथा नेपाली काँग्रेसमा राजसंस्था हिन्दू राष्ट्र र संघीयता विरोधीको सङ्ख्या केन्द्रीय समितिदेखि तलसम्म बढी रहेको बताउदै आफु गणतन्त्रवादी हुँ भने ।
नेता गिरीले भने, नेपाली काँग्रेसले विपीको सिद्धान्त भुलेको सत्य हो, त्यसैले तपाईंहरु अलग हुनु भएको हो । तर अहिले संविधान संकटमा छ तपाईंहरु र धेरै जनता नस्वीकारेको संविधानमात्र जादैन, देश नै गम्भीर संकटमा पर्नसक्छ ।
कार्यक्रमको सभापतित्व ग्रहण गर्दै हरिबोल भट्टराईले भने गिरिजाप्रसाद कोइरालाले पनि अन्तिम समयसम्म बेबी किङ्ग भन्नुभएको र तत्कालीन अवस्थामा भारतका विपक्षी दल भाजपाका नेता अटल विहारी बाजपेयिले लिखित पत्र पठाएर राजसंस्था जादैन तपाईं संरक्षक बस्नुहोस भनेर त्यो चिठी प्रभाकर सम्सेर राणालाई पठाउदा ज्ञानेन्द्रले हपारेको प्रशङ्गको पनि व्याख्या गरे ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया