नेपालमा कोरोना संक्रमणबाट चिनियाँ महिलाको मृत्यु, स्वास्थ्य मन्त्रालयले जानकारी दिने


काठमाडौं, ७ साउन । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया चिनियाँ नागरिक छिन् ।

मृतकबारे स्वास्थ्य मन्त्रालयले अपरान्हको नियमित प्रेस ब्रिफिङमा जानकारी दिने भएको छ । विश्वस्त स्रोतका अनुसार पोखरामा बस्दै आएकी चिनियाँ महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरबाट शुक्रबार आकस्मिक रुपमा काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई टिचिङ अस्पताल लगिएकोमा आज विहान मृत्यु भएको बुझिएको छ ।

नेपालमा चिनियाँ नागरिकसहित हालसम्म ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यसअघिका मृतकमध्ये ४० जना नेपाली नागरिक छन् ।