काठमाडौंमा निषेधाज्ञाको आज पाँचौं दिन, चक्रपथ परिक्रमा गर्दा जे देखियो (फोटोफिचर)


काठमाडौं, ८ भदौ । आज काठमाडौं उपत्यकामा निषेधाज्ञाको पाँचौं दिन हो । जनताले प्रशासनको आदेशको पूर्ण पालना गरेका छन् । अत्यावश्यक कामबाहेक कोहीपनि घरबाट बाहिर निस्किएका छैनन् । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै जिल्लाका सिडिओहरुले संयुक्त बैठक बसेर भदौ १० गतेसम्म निषेधाज्ञा लगाएका छन् । निषेधाज्ञाको आज पाँचौ दिन काठमाडौं चक्रपथलाई हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले एक फन्को लगाएर अवस्था बुझेका छन् । हेरौं उनले कैद गरेका तस्विरहरु: