मेस्सीले बार्सिलोना छोड्ने ! फ्यान दुःखी


काठमाडौं, १० भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छोड्ने हल्ला चलिरहेको छ । मेस्सीले स्वयम आफू क्लब छोड्ने निर्णयमा पुगेको सूचना क्लब पदाधिकारीसमक्ष पुर्याएको खुलासा पश्चिमा मिडियाहरुले सनसनीपूर्ण रुपमा प्रकाशन गरिरहेका छन् । पछिल्लो समय क्लबको प्रदर्शन र व्यहोरेको हारलाई लिएर मेस्सी निराश थिए ।

मेस्सी ईग्लिश क्लब म्यानचेष्टर सिटी जानेपनि हल्ला चलिरहेको छ । बार्सामा एक वर्षको समयावधि बाँकी छँदै उनी क्लब छोड्ने मनस्थितिमा पुग्नुको कारण क्लबका नवनियुक्त कोच रोनाल्ड कोएम्यानसँग उनको खासै सन्तोषजनक भेटवार्ता नुहुनुपनि प्रमुख कारण मानिएको छ । बार्साले च्याम्पियन्स लिगमा बार्यनसँग ८-२ को लज्जास्पद हार व्यहोरेको थियो । मेस्सीले क्लब छोड्ने समाचार छ्याप्छ्याप्ती भैरहँदा उनका फ्यानहरु भने निराश छन् । सामाजिक सञ्जालमा मेस्सीले क्लब छोड्न लागेको बारेमा धेरै कुरा रंगिएका छन् ।