काठमाडौं, १४ भाद्र । नेपालमा आज एकै दिन सर्वाधिक १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । जसमध्ये ४ महिला र १० पुरुष छन् ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्याबारे पुष्टि गरेको हो । मृतकमध्ये अधिकांश तराईका जिल्लाका छन् । महोत्तरी र रुपन्देहीका दुई-दुई जनाको मृत्यु पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मृत्यु हुनेहरुबारे जानकारी दिदै संक्रमण फैलिइरहेकाले सचेतना अपनाउन आग्रह गरेका छन् । आज थपिएको संख्यासँगै कुल मृतकको संख्या २ सय २१ पुगेको छ ।
मृतकको विवरण
१. सुनसरीकी ७४ वर्षीया महिला
२. बाराकी ४७ वर्षीया महिला
३. महोत्तरीकी ६२ वर्षीया महिला
४. काठमाडौंकी ७२ वर्षीया महिला
५. सुनसरीको ६० वर्षीय पुरुष
६. मोरङका ६२ वर्षीय पुरुष
७. महोत्तरीका ७० वर्षीय पुरुष
८. महोत्तरीका ३५ वर्षीय पुरुष
९. रौतहटका ३० वर्षीय पुरुष
१०. ललितपुरका २९ वर्षीय पुरुष
११. भक्तपुरका ६५ वर्षीय पुरुष
१२. नवलपरासीका ६२ वर्षीय पुरुष
१३. रुपन्देहीका ५७ वर्षीय पुरुष
१४. रुपन्देहीका ६७ वर्षीय पुरुष




प्रतिक्रिया