वीरगंज, २२ भदौ/ वीरगंजमा सोमवार थप एकजना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराएका छन् । सोमवार दिउँसो १ बजे वीरगंज हेल्थकेयर कोभिड अस्पताल वीरगंज महानगर–३० लालपर्साका ५४ वर्षीय पुरुषको मृत्यु भएको डा चौरसियाले बताए ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भदौ १५ गते नारायणी अस्पतालमा भर्ना गरिएको र कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागि वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा पठाइएको थियो । उच्च रक्तचाप, दम, मिर्गौला र मधुमेहबाट ग्रसित पुरुषको उपचारको क्रममा मृत्यु भएको डा चौरसियाले बताए ।




प्रतिक्रिया