विपन्नको घर–घरमा राहत


 

वीरगंज, २३ भदौ । वीरगंज महानगर–१५ लक्ष्मणवामा युवाको आवाज वीरगंज नामक संस्थाले मङ्गलवार राहत सामग्री वितरण गरेको छ । विभिन्न व्यक्तिको सहयोग र स्थानीय युवाहरुको सक्रियतामा राहत सामग्री गाडीमा राखेर अतिविपन्न, गरीबहरुको घरघरमा पुगी राहत वितरण गरिएको थियो ।

प्रतिपरिवार प्रतिपरिवार चामल १ बोरा, दाल २ किलो, चना १ किलो, सोयाबिन आधा किलो, नून/तेल १ किलो वितरण गरेका थिए ।