काठमाडौं, ३० भाद्र । आज काठमाडौंमा तीनजना वृद्धवृद्धासँगै चारजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९६ वर्षीय वृद्ध र ८६ वर्षीया वृद्धा पनि छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा पाका उमेरका वृद्धको आज मृत्यु भएको हो । ९६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको बुझिएको छ ।
आज मृत्यु पुष्टि हुनेहरुमा ६६ वर्षीय वृद्ध र ३४ वर्षीय पुरुष पनि छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
यसैगरी आज थपिएका मृतकसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । मृत्यु हुनेहरुमा दुई सय ६७ पुरुष र एक सय ४ महिला छन् ।
मृतकको विवरण
१. काठमाडौंकी ८६ वर्षीया महिला
२. काठमाडौंका ३४ वर्षीय पुरुष
३. काठमाडौंका ९६ वर्षीय पुरुष
४. काठमाडौंका ६६ वर्षीय पुरुष




प्रतिक्रिया