काठमाडौं, १ असोज । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले सपथ लिएका छन् । आज अपरान्ह साँढे चार बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सिंहदरबारस्थित् राष्ट्रियसभाको कार्यकक्षमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आजमात्रै गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिईन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम






प्रतिक्रिया