काठमाडौं, २ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ७ जनाको मृत्यु पुष्टि भएसँगै कुल मृतक संख्या ३ सय ९० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ महिला र ५ पुरुषको गत २४ घन्टामा कोरोना संक्रमणबाट निधन भएको हो ।
आज काठमाडौं उपत्यकामा मात्र २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु भएका ७ जनामा एक युवकबाहेक ६ जना वृद्धवृद्धा छन् ।
देशमा अहिलेसम्म मृत्यु हुनेहरुमा २ सय ८७ पुरुष र एक सय १३ महिला छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६३ प्रतिशत रहेको छ ।
मृतकको विवरण
१. काठमाडौंकी ८५ वर्षीया महिला
२. काठमाडौंका ८८ वर्षीय पुरुष
३. भक्तपुरका ८२ वर्षीय पुरुष
४. ललितपुरकी ६६ वर्षीया महिला
५. मोरङका ६६ वर्षीय पुरुष
६. मोरङका ६६ वर्षीय पुरुष
७. नवलपरासीका ३१ वर्षीय पुरुष




प्रतिक्रिया