काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा ४ वृद्धवृद्धाको कोरोनाबाट मृत्यु (सुचीसहित)


काठमाडौं, २ असोज । उपत्यकामा बितेको २४ घन्टाभित्र ४ जना वृद्धवृद्धाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । निधनहरुमध्ये २ जना काठमाडौंका र एक-एकजना ललितपुर र भक्तपुरको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मृतकमध्ये २ महिला र २ पुरुष छन् । उनीहरुमध्ये तीनजना ८० वर्ष माथिका छन् । पछिल्लो समय उपत्यकामा दैनिक मृतक संख्या थपिइरहेका छन् ।

यसैगरी, नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ७ जनाको मृत्यु पुष्टि भएसँगै कुल मृतक संख्या ३ सय ९० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ महिला र ५ पुरुषको गत २४ घन्टामा कोरोना संक्रमणबाट निधन भएको हो ।

मृतकको विवरण
१. काठमाडौंकी ८५ वर्षीया महिला
२. काठमाडौंका ८८ वर्षीय पुरुष
३. भक्तपुरका ८२ वर्षीय पुरुष
४. ललितपुरकी ६६ वर्षीया महिला